काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावतको ७६ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित रावतको मुम्बईमा उपचारका क्रममा निधन भएको हो।
चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तामिल तथा नेपाली फिल्म उद्योगमा समेत उल्लेखनीय योगदान दिएका थिए। उनले खलनायक तथा चरित्र अभिनेताका रूपमा थुप्रै चर्चित चलचित्रमा अभिनय गर्दै दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए।
रावतको निधनले भारतीयसँगै दक्षिण एसियाली फिल्म उद्योगले एक अनुभवी कलाकार गुमाएको छ। कलाकार, फिल्मकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।



















प्रतिक्रिया