धनगढी । नेपाली सेनामा भर्ती गराइदिने भन्दै रकम असुली गरी ठगी गरेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ कलकत्ता, कानपुर बस्ने ३५ वर्षीय हरैया चन्द पक्राउ परेका हुन्।
चन्दले नेपाली सेनामा भर्ती गराइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ रकम असुली गरेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका चन्दलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया