काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।
क्यानले सोमबार एसिसी मेन्स प्रिमियर कप २०२६ का लागि नेपाली टोली घोषणा गर्दै लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो।
लामिछानेको कप्तानीमा घोषित १३ सदस्यीय टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी र हेमन्त धामी रहेका छन्।
एसिसी मेन्स प्रिमियर कप २०२६ अगस्ट ३० देखि मलेसियामा आयोजना हुँदैछ। प्रतियोगिताका लागि नेपालले सन्दीपको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ।





















प्रतिक्रिया