झापाको कनकाईमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी


काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिका–३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास गर्दै आएका १३ परिवारलाई लालपुर्जा वितरण गरेको हो। समितिका अनुसार वितरण गरिएका केही जग्गा आवासीय प्रयोजनका लागि र केही कृषि प्रयोजनका लागि रहेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अधिकार प्राप्त गरेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ। उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने लक्ष्यअनुसार देशका विभिन्न स्थानमा लालपुर्जा वितरणलाई तीव्रता दिइएको हो।