काठमाडौँ । काठमाडौँको ऐतिहासिक रानीपोखरीभित्र एक जना पुरुषको शव फेला परेको छ। बुधबार साँझ करिब साढे ७ बजे ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव भेटिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। रानीपोखरीको किनारमा उनको कपडा भेटिए पनि परिचय खुल्ने कुनै कागजात फेला नपरेको उनले बताए।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे थप जानकारी संकलन गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।
सीसीटीभी फुटेजको प्रारम्भिक अवलोकन गर्दा ती पुरुष पौडी खेल्दै रानीपोखरीको बीच भागतर्फ गएको देखिएको एसपी थापाले जानकारी दिए। उनी कसरी पोखरीमा पुगे र मृत्युको कारण के हो भन्ने विषय भने खुल्न बाँकी छ।
घटनाबारे प्रहरी वृत्त दरबारमार्गले थप अनुसन्धान गरिरहेको छ। मृतकको पहिचान र मृत्युको कारण पोस्टमार्टम तथा अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया