भेरी अस्पतालमा एचआईभीका नयाँ संक्रमित थपिए


काठमाडौँ । भेरी अस्पतालमा आर्थिक वर्ष २०८२/८३ मा ८३ जना नयाँ एचआईभी संक्रमित पुष्टि भएका छन्।

अस्पतालका अनुसार उक्त अवधिमा ७ हजार ८०५ जनाको एचआईभी परीक्षण गरिएको थियो। संक्रमित पहिचान भएपछि उनीहरूलाई शीघ्र एआरटी सेवा उपलब्ध गराइएको अस्पतालका एचआईभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालले जानकारी दिए।

अस्पतालले संक्रमितको नियमित उपचार, संक्रमण रोकथाम तथा आमाबाट शिशुमा एचआईभी संक्रमण सर्न नदिन विशेष प्राथमिकताका साथ सेवा सञ्चालन गरिरहेको जनाएको छ।