काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन आपूर्ति बढाएको छ।निगमका अनुसार भदौ १० देखि १३ गतेसम्म उद्धारमा खटिएका हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइएको छ।यस्तै, बाढी प्रभावित क्षेत्रमा सवारीसाधनका लागि ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल आपूर्ति गरिएको छ।
आश्रयस्थलमा रहेका पीडितका लागि नुवाकोट र रसुवामा ३८२ थान भरिएका एलपी ग्यास सिलिन्डरसमेत पठाइएको निगमले जनाएको छ।निगमले विपद्को अवस्थामा आवश्यक इन्धन तथा अन्य सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।






















प्रतिक्रिया