ट्याक्टर दुर्घटनाले लियो चालकको ज्यान


मोरङ । मिक्लाजुङ गाउँपालिका–१ स्थित सुके–जौवारी सडकमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा पाँचथर मिक्लाजुङ–८ हंशबारीका २६ वर्षीय चालक शुक्र दमाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते सहचालक मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राईलाई उपचारका लागि विराटनगर लगिएको छ ।