काठमाडौं । अमेरिकी प्रविधि कम्पनी स्पेसएक्सको स्टारलिंकले नेपालका बाढी प्रभावित नागरिकलाई सञ्चार सेवामा सहयोग गर्न निःशुल्क इन्टरनेट उपलब्ध गराउने प्रस्ताव गरेको छ।
कम्पनीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र मानवीय सहायता संस्थालाई आवश्यक स्टारलिंक उपकरण पठाउन तथा प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्न आफू तयार रहेको जनाएको हो।
सडक, पुल र मोबाइल नेटवर्कमा क्षति पुगेका कारण विपद् उद्धार तथा राहतका लागि वैकल्पिक सञ्चार सेवा आवश्यक रहेको भन्दै स्टारलिंकले सरकारको अनुमति प्राप्त हुनासाथ उपकरण पठाउने जनाएको छ।
स्टारलिंकका अनुसार विद्युत् वा अन्य ऊर्जा स्रोत र आकाशको स्पष्ट दृश्य उपलब्ध भएमा किट जडान गरेको केही मिनेटमै उच्च गतिको इन्टरनेट सञ्चालन गर्न सकिन्छ। यसबाट उद्धार टोलीलाई समन्वय, स्वास्थ्यकर्मीलाई उपचार तथा परिवारलाई बेपत्ता आफन्तसँग सम्पर्क गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।सरकारको अनुमति पाएपछि मात्रै सहयोग अघि बढाउने स्टारलिंकले स्पष्ट पारेको छ।





















प्रतिक्रिया