त्रिशूली–३ ए’ टनेलको प्रवेशद्वार पत्ता लगाउन सेना सक्रिय


काठमाडौं । बाढीका कारण प्रभावित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलको प्रवेशबिन्दु पत्ता लगाउन नेपाली सेनाको नेतृत्वमा खोजी तथा उद्धार कार्य भइरहेको छ।

१२ भदौदेखि खटिएको संयुक्त टोलीमा विशेषज्ञसहित ९३ जना सहभागी छन्। टनेलसम्म पुग्न ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरिएको सेनाले जनाएको छ।

बाढीको पानीको बहाव बढेपछि केही समय रोकिएको खोजी कार्य पुनः थालिएको छ। प्रवेशद्वार पत्ता लगाउने अभियानमा भारतीय र चिनियाँ प्राविधिक टोलीसमेत सहभागी छन्।