काठमाडौँ । रसुवा, धादिङ र नुवाकोटमा आएको बाढीपहिरोमा परी मोरङका १४ जना सम्पर्कविहीन भएका छन् । पछिल्लो विवरणअनुसार ९ जना भने सुरक्षित फेला परेका छन् ।
सम्पर्कविहीन हुनेमा विराटनगरका शिवशङ्कर गुप्ता, सचिन गौतम, दुर्गाप्रसाद पोखरेल र सोमप्रसाद कटेल तथा लेटाङका मेघा चेम्जोङ, सोना चेम्जोङ, देवीमाया तामाङ र पासाङ तामाङ छन् ।
यस्तै, रंगेलीका सुरज मण्डल, पथरी शनिश्चरेकी रिचा निरौला, सुन्दरहरैंचाका सूर्यबहादुर कार्की र भोजराज अधिकारी, बेलबारीका अनुज धमला तथा मिक्लाजुङका ट्रक चालक राजन बुढाथोकी पनि सम्पर्कविहीन छन् ।
परिवारका अनुसार उनीहरू त्रिशूली नदी, रसुवा बजार, दोसाङ हाइड्रोपावर र टिमुरे बजारलगायत क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।
यसैबीच, सुन्दरहरैंचाकी पूजा आचार्य र उनका ३ वर्षीय छोरा तथा अन्य केही व्यक्तिको उद्धार भएको छ । हराइरहेका व्यक्तिका परिवारले खोजी तथा उद्धारका लागि प्रशासन र सर्वसाधारणसँग आग्रह गरेका छन्।





















प्रतिक्रिया