नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
उद्धार, राहत वितरण र शव सङ्कलनबारे जानकारी दिँदै मन्त्री तिमिल्सिनाले शव सङ्कलनका लागि दुई वटा डेडिकेटेड हेलिकप्टर परिचालन गरिएको बताए। पूर्ण रूपमा विस्थापितलाई गाँसबाससहित होल्डिङ सेन्टरमा राखिएको उनको भनाइ छ।
जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको जीवितै उद्धारका लागि प्रयास जारी रहेको उनले बताए। ‘जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ,’ उनले भने।
मन्त्री तिमिल्सिनाका अनुसार त्रिशूली नदी वारपार जोड्न देवीघाट, ढुङ्गे र बेत्रावतीमा तीन वटा बेलिब्रिज राख्ने पहलसमेत अघि बढाइएको छ।





















प्रतिक्रिया