प्रहरीको गतिविधि रेकर्ड गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट


काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो वा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरी र विकास यादवले बुधबार दायर गरेको रिटमा प्रहरीले भिडियो खिच्दा मोबाइल खोस्ने, धम्क्याउने वा पक्राउ गर्ने कार्य रोक्न माग गरिएको छ।

रिटमा सार्वजनिक स्थलमा प्रहरीको कार्यसम्पादन रेकर्ड गर्न ‘पूर्व–अनुमति’ आवश्यक पर्ने दाबी गैरकानुनी र असंवैधानिक भएको जिकिर गरिएको छ। साथै, नागरिकको अभिव्यक्ति, सूचनाको हक र सञ्चारको अधिकार सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था गर्न माग गरिएको छ।

रिटको पहिलो सुनुवाइका लागि सर्वोच्चले बिहीबार पेसी तोकेको छ।