भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहको सुरक्षा प्रमुखसँग छलफल


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न संकटबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा व्यवस्थापनबारे ब्रिफिङ लिएका छन्। त्यसपछि उनले सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम छ।

भोटेकोशी बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएपछि खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूसँग आवश्यक जानकारी लिइरहेका हुन्।