काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले बाढी–पहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने भएका छन्।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।
बैठकमा बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनबारे पनि छलफल भएको थियो। थापाले राहत वितरण प्रभावकारी नभएको भन्दै राहत वितरणमा स्थानीय र प्रदेश सरकारलाई बढी जिम्मेवार बनाउनुपर्ने बताइन्।
उनले विपद् प्रभावितका समस्या संसद्मा उठाउन सदन तत्काल सञ्चालन गर्न सभामुखसँग छलफल गरिने जानकारी दिइन्।





















प्रतिक्रिया