तेहरान । इरानको प्रमुख तेल केन्द्र खार्ग द्वीप ध्वस्त पारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ।
ट्रम्पले सामाजिक सञ्जालमा खार्ग द्वीपमा ठूलो विस्फोट देखाइएको भिडियो पोस्ट गर्दै द्वीप ध्वस्त भएको दाबी गरेका थिए। तर, इरानको नेसनल इरानियन आयल कम्पनीका प्रमुख हमिद बोवार्डले दाबी अस्वीकार गर्दै खार्गको अवस्था सामान्य रहेको र तेल उत्पादन तथा सञ्चालन नरोकिएको बताएका छन्।
रोयटर्सका अनुसार ट्रम्पले पोस्ट गरेको भिडियोमा देखिएका विस्फोटका दृश्य वास्तविक नभई एआईबाट तयार पारिएको हुनसक्ने देखिएको छ। खार्ग द्वीपबाट युद्धअघि इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने गरेको थियो।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले कुनै पनि आक्रमणको निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।





















प्रतिक्रिया