नेपालको विपद्मा भारतको समवेदना, सिंहले जनाए दुःख


काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत पनि उनले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपालप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालसँगै रहेको बताए।

सिंहले खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा नेपाललाई निरन्तर सहयोग गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याएका छन्।