सरकारी कोषमा रकम, रसुवाका बाढीपीडित भोकै : ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी कोषमा राहत रकम जम्मा भए पनि रसुवाका बाढीपीडितले पर्याप्त राहत नपाएको बताएका छन्।

सोमबार एमाले बागमती र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै ओलीले ‘सरकारी कोषमा पैसा र राहत जम्मा भए पनि जनता भोकै छन्’ भन्दै राहत वितरणमा देखिएको समस्या तत्काल अन्त्य गर्नुपर्ने बताए।

उनले राहत संकलन र वितरणमा सरकारको मात्र भर नपरी सबै पक्षसँग समन्वय गरेर अघि बढ्न एमाले तयार रहेको बताए।