काठमाडौं – अभिनेता आर्यन सिग्देल नयाँ नेपाली फिल्म ‘कन्ये केटो’मा मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका छन् ।
‘सक्सेस फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता तथा निर्देशक भीम लामा र अभिनेता आर्यनबीच हालै कागजी सम्झौता भएको हो । स्क्रिप्ट तथा आफ्नो चरित्र मन परेपछि आर्यन फिल्ममा काम गर्न राजी भएका हुन् ।
निर्देशक भीम लामाका अनुसार ‘कन्ये केटो’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हुनेछ । प्रेमकथामा आधारित फिल्मका लागि रुचाइएका अभिनेता आर्यन यसअघि पनि यस्ता भूमिकामा दर्शकमाझ लोकप्रिय छन् ।
फिल्मको लेखन तथा निर्देशन भीम लामाले गर्नेछन् । फिल्ममा भीम लामा र सुखदेव राई निर्माता तथा श्री लामा र कमला राई सह–निर्माताका रूपमा रहेका छन् ।
मुख्य अभिनेताको टुंगो लागेसँगै निर्माण टिमले अब मुख्य नायिका तथा अन्य कलाकारको छनोट प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । बाँकी कलाकारको लाइनअप केही दिनभित्र सार्वजनिक गर्ने तयारी छ ।
प्रि–प्रोडक्सनको काम तीव्र गतिमा अघि बढिरहेको फिल्मको छायांकन आगामी असोज महिनाको पहिलो साताबाट सुरु हुने निर्देशक लामाले जानकारी दिएका छन् ।



















प्रतिक्रिया