२०२८ सम्म म्यानमार सीमा सुरक्षित बनाउने मणिपुरको योजना


नयाँ दिल्ली । भारतको पूर्वोत्तर राज्य मणिपुरले म्यानमारसँगको ३९८ किलोमिटर लामो सीमामा सन् २०२८ सम्म तारबार पूरा गर्ने लक्ष्य राखेको छ।

हालसम्म करिब ५५ किलोमिटर क्षेत्रमा मात्रै तारबार लगाइएको छ। कठिन भूबनोट र प्राविधिक समस्याका कारण निर्माणमा ढिलाइ भएको अधिकारीहरूले बताएका छन्।

भारतले सीमापार आवतजावत, उग्रवाद र तस्करी नियन्त्रण गर्ने योजनाअन्तर्गत तारबार निर्माण अघि बढाएको हो। भारत–म्यानमारको प्रमुख व्यापारिक नाका मोरेह आसपास पनि यसको कामलाई प्राथमिकता दिइएको छ।