काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा कोषको ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ। त्यस्तै, दुई बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ डलर जम्मा रहेको छ।
भदौ २५ गते मात्रै कोषमा नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको कार्यालयले जनाएको छ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउन कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।




















प्रतिक्रिया