काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वित्तीय ऐन संशोधनसम्बन्धी तीन विधेयक प्रतिनिधिसभामा पेस गरेका छन्।
बिहीबारको बैठकमा वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३, भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ अघि बढाएका हुन्।
नागरिक लगानी कोष र भुक्तानी तथा फर्स्यौटसम्बन्धी विधेयक पेस गर्न सदनबाट अनुमति लिएपछि अर्थमन्त्री वाग्लेले दुवै विधेयक प्रस्तुत गरे। कर्मचारी सञ्चय कोषसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले बैठकमा पेस गरेका छन्।




















प्रतिक्रिया