काठमाडौं – नायिका नीति शाह नेपाल टेलिकमको फिल्म तथा मनोरञ्जन क्षेत्रतर्फको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्। सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्ना नेपाली उत्पादन तथा सेवाको प्रवर्द्धनका लागि शाहलाई ब्रान्ड एम्बेसडर बनाएको हो।
नेपाली कलाकारले नेपाली ब्रान्डको प्रतिनिधित्व गर्ने यो अभ्यासले नेपाली कला, कलाकार र मौलिक पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नीति शाहको नियुक्तिलाई नेपाली कला क्षेत्रमा राज्यको विश्वास र कलाकारको बढ्दो व्यावसायिक पहिचानको सकारात्मक संकेतका रूपमा हेरिएको छ।




















प्रतिक्रिया