काठमाडौं । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगका कारण हुने गरेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने रोग विश्वमै मृत्युको प्रमुख कारण बनिरहेका छन् । विश्वभर करिब ७५ प्रतिशत मृत्यु यिनै रोगका कारण हुने गरेको विभागले जनाएको छ ।
बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मानसिक तनाव, प्रदूषण तथा सुर्तीजन्य पदार्थ र मदिराको सेवनले नसर्ने रोगको जोखिम बढाइरहेको विभागको भनाइ छ ।
‘विश्व बिरामी सुरक्षा दिवस २०२६’ का अवसरमा विभागले दीर्घरोगीलाई नियमित उपचार र औषधिको पहुँच सुनिश्चित गर्दै सुरक्षित तथा निरन्तर स्वास्थ्य सेवा आवश्यक रहेको जनाएको छ ।


















प्रतिक्रिया