झापा । मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा बुधबार बिहान वयस्क दाह्रे जंगली हात्ती मृत फेला परेको छ ।
धानखेतमा हात्ती मृत अवस्थामा देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । घटनास्थलमा वन कार्यालयको टोली पठाइएको कार्यालय प्रमुख नथुनी गोहीवार यादवले जानकारी दिए ।
हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । मेचीनगरका वडा नं. २, ३, ४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानव बस्ती र खेतीबालीमा क्षति पुर्याउँदै आएका छन् ।


















प्रतिक्रिया