रसुवा । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्न २५ सदस्यीय समिति गठन गरिएको छ।
जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिलाई एक महिनाभित्र प्रारम्भिक क्षतिको विवरण सङ्कलन गर्न कार्यादेश दिइएको छ। समितिमा सडक आयोजना, भन्सार, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना लगायतका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि छन्।
बाढीबाट गोसाइँकुण्ड गाउँपालिकाको भवनसमेत बगेपछि अस्थायी रूपमा रसुवा भूसंरक्षण कार्यालयको भवनबाट सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ। संकलित विवरणका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने जनाइएको छ।


















प्रतिक्रिया