मर्स्याङ्दी नदीमा जलसतह बढ्यो, जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह


लमजुङ। लगातार वर्षा भइरहेपछि मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ। भकुण्डेबेँसीस्थित जलमापन केन्द्रका अनुसार नदीको जलसतह अहिले ८ दशमलव २४ मिटर आसपास पुगेको छ।

जलमापन केन्द्रले १० मिटरलाई चेतावनी तह तोकेको छ। नदीको बहाव बढेसँगै जलसतह पटकपटक चेतावनी तह नजिक पुगेपछि जोखिम क्षेत्रका बासिन्दालाई साइरनमार्फत सूचना दिने व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले लगातार वर्षाका कारण नदीको बहाव अझ बढ्न सक्ने भन्दै नदी तथा खोला आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।