‘डिजिटल संसद्’ मार्फत संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने लक्ष्य


काठमाडौं । संघीय संसद्को डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन गरिएको छ। प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितिमा प्लेटफर्मको परीक्षण उद्घाटन गरिएको हो।

कार्यक्रममा डिजिटल संसद्को माध्यमबाट संसदीय कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा जोड दिइएको थियो।

संसद्को डिजिटल रूपान्तरणका लागि डिजिटल पूर्वाधार, डेटा सेन्टर, नेटवर्क, साइबर सुरक्षा, ई–लेजिस्लेसन तथा संसदीय अभिलेखलाई डिजिटल आर्काइभमा सुरक्षित गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

डिजिटल पार्लियामेन्टलाई प्रविधि खरिदमा मात्र सीमित नगरी नेपालको संसदीय अभ्यासलाई डिजिटल युगअनुकूल बनाउने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने सहभागीहरूले बताएका छन्।