काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल पार्लियामेन्ट प्रणालीलाई प्रदेश सभासँग जोड्दै क्रमशः स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताएका छन्।
बुधबार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा बोल्दै उनले संसद्का सभा, समिति र सचिवालयका कामलाई कागजी प्रणालीबाट प्रविधिमैत्री बनाउनुपर्ने बताए।
डिजिटल प्रणालीले संसदीय सूचना, अभिलेख र गतिविधिलाई सुरक्षित, पारदर्शी तथा सहज पहुँचयोग्य बनाउने भन्दै दाहालले तीनै तहका व्यवस्थापिकाबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले डिजिटल अभिलेख, डेटा सुरक्षा, कृत्रिम बौद्धिकताको प्रयोग तथा सांसद र कर्मचारीलाई नियमित तालिमको आवश्यकता समेत औँल्याए।


















प्रतिक्रिया