अर्थ समितिले पारित गर्‍यो राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन


काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले दफावार छलफलपछि प्रतिवेदन सर्वसम्मत पारित गरेको हो। समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा प्रतिवेदन तयार गरिएको सभापति डा. कृष्णहरि बुढाथोकीले बताए।

उनले राष्ट्र बैंक ऐन संशोधनले मुलुकको आर्थिक विकासमा संरचनागत सुधार ल्याउने विश्वास व्यक्त गर्दै राष्ट्र बैंकको नेतृत्व चयन र कार्यसम्पादनसम्बन्धी विषयमा समितिमा महत्वपूर्ण छलफल भएको जानकारी दिए।