काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई–बुनाई तालिममा प्रशिक्षक बनाइदिने भन्दै उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस मागेकी थिइन्। उक्त रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमार्फत लिन लगाएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
अख्तियारले उपाध्यक्ष राईले छोरासँगको मिलेमतोमा घुस लिएको र सुनिलले पनि उक्त रकम लिएर प्रयोग गरेको ठहर गर्दै दुवैविरुद्ध कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।


















प्रतिक्रिया