बाढी–पहिरोले देशमा गम्भीर सङ्कट निम्त्यायो : अर्जुननरसिंह केसी


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा–नुवाकोटमा आएको विनाशकारी बाढी–पहिरोले देशमा गम्भीर सङ्कट उत्पन्न गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढीपहिरोबाट हजारौँ नागरिकको जनधनमा क्षति पुगेको र दशौँ हजार प्रभावित भएको बताए। प्रभावित क्षेत्रमा उद्धार तथा राहत प्रभावकारी बनाउन र रोगव्याधिको जोखिम नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।

केसीले विपत्तिको समयमा खाद्यान्नमा कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने कालोबजारी नियन्त्रण गर्न, नुवाकोटको बेत्रावतीदेखि गल्छीसम्म तत्काल बेलिब्रिज निर्माण गर्न तथा राहत–पुनर्स्थापनालाई तीव्रता दिन सरकारसँग माग गरे। उनले विपत्तिको सामना गर्न सर्वदलीय समिति गठन गर्नसमेत आग्रह गरे।