काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नाम सार्वजनिक गरेको छ।
पार्टीले पटक–पटक सूचना तथा ताकेता गर्दा पनि ती सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको जनाएको छ। संसद् सचिवालयबाट एसएमएसमार्फत समेत जानकारी गराउँदा विवरण नबुझाएको रास्वपाले बताएको छ।
विवरण नबुझाउने सांसदमा आशा झा, कन्हैया बनिया, कामिनी कुमारी, कुसुम महर्जनलगायत २४ जना रहेका छन्। रास्वपाले बाँकी सांसदलाई समेत तत्काल सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।




















प्रतिक्रिया