कूटनीति बलियो बनाउन राजदूत नियुक्ति किन भएन? न्यौपानेको प्रश्न


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले लामो समयदेखि राजदूत पद रिक्त रहेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजदूतको कुर्सी खाली राखेर नेपालको कूटनीति बलियो हुन नसक्ने बताए। योग्यता र क्षमता भएका नेपाली नागरिक हुँदाहुँदै नियुक्ति प्रक्रियामा ढिलाइ हुनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जान लागेको सन्दर्भमा अमेरिकामै नेपालको राजदूत नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै न्यौपानेले रिक्त रहेका कूटनीतिक नियोगमा तत्काल राजदूत नियुक्त गर्न सरकारसँग माग गरे।

उनले परराष्ट्र नीति र कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा राखेर प्रभावकारी रूपमा अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।