काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार र घाइतेहरूको न्यायको मागप्रति सरकार गम्भीर नभएको भन्दै आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र घाइतेले अझै न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था दुःखद भएको बताइन्। उनले सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्।
खतिवडाले जेलमा रहेका जेनजी थुनुवालाई तत्काल रिहा गर्न पनि माग गरिन्। सहिद दिवसलाई औपचारिकतामा सीमित नगरी सहिद परिवारप्रतिको जिम्मेवारी पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।


















प्रतिक्रिया