काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले विपन्न नागरिकको नागरिकता दुरुपयोग गरी कम्पनी तथा बैंक खाता खोलेर राजस्व छली गर्ने गिरोह सक्रिय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नागरिकताको दुरुपयोगबाट निर्दोष नागरिक कानुनी झमेलामा पर्ने गरेको बताए। उनले आफ्नो निर्वाचन क्षेत्रका पविन्द्र साह गोढको उदाहरण दिँदै नागरिकता दुरुपयोगपछि राजस्व छलीको मुद्दामा तीन करोडभन्दा बढी जरिवाना र कैद सजाय भएको उल्लेख गरे।
पन्तले यस्ता घटनाको छानबिन गरी वास्तविक दोषीलाई कारबाही गर्न र निर्दोष नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरे।


















प्रतिक्रिया