काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र प्रमाण खोज्न सरकारले विज्ञ सम्मिलित अध्ययन समिति गठन गर्ने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समिति गठनबारे छलफल भइरहेको छ। मन्त्रालय स्रोतका अनुसार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा जलविद्, ग्लेसियोलोजिस्ट, भूगर्भविद्, रिमोट सेन्सिङ तथा विपद् जोखिम न्यूनीकरण विज्ञहरू सम्मिलित समिति बनाउने तयारी छ।
समितिले बाढीको उद्गमस्थलसम्म पुगेर स्थलगत अध्ययन गरी बाढीको कारण र वैज्ञानिक आधारबारे अध्ययन गर्नेछ।


















प्रतिक्रिया