काठमाडौँ । कार्यकाल पूरा गरी भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन तथा दुई देशका जनताबीचको सम्बन्ध विस्तारमा श्रीवास्तवले खेलेको भूमिकाको प्रशंसा गरे। उनले ऊर्जा र सीमापार पूर्वाधारका क्षेत्रमा भएका कामको समेत उल्लेख गर्दै श्रीवास्तवको आगामी कार्यकालको सफलताको शुभकामना दिए।
राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपाली जनताबाट पाएको सहयोग र मायाप्रति आभार व्यक्त गर्दै नेपाल–भारत सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।


















प्रतिक्रिया