काठमाडौँ । रसुवाको बाढीमा बेपत्ता बाँकेका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा छन्। आफन्तको शवसमेत फेला नपरेपछि उनीहरू सामाजिक संस्कार गर्न नपाउने पीडामा छन्।
नेपालगञ्ज–२० का शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय बाढीमा बेपत्ता भएको २२ दिन पुग्दा पनि कुनै खबर आएको छैन। उनीहरूका आफन्तले भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका छन्।
त्यस्तै आराम दमाई र उजना दमाई बेपत्ता भएपछि उनका बालबालिका आमाबुबा फर्किने आशामा छन्। बाँकेबाट बाढीपछि २३ जना अझै बेपत्ता रहेको प्रशासनले जनाएको छ। डीएनए परीक्षणका लागि संकलित नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।


















प्रतिक्रिया