ढुङ्गा बोकेको ट्याक्टर दुर्घटनामा दुई जनाको मृ-त्यु


ओखलढुङ्गा। मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा ढुङ्गा लोड गरेर मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरमा सवार अन्य दुई जना र चालक भने सकुशल रहेका छन्।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक २५ वर्षीय मिलन राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।