इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो सडकमा पल्टिँदा देउमाई–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेत गाडीले थिचिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO सहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


















प्रतिक्रिया