आज बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्। बैठकमा पार्टीको १५औँ महाधिवेशनसहित विभिन्न समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।