काठमाडौँ । सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी आज विश्वकर्मा पूजा मनाइँदै छ।
विश्वकर्मा पूजाको अवसरमा राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ। विभिन्न उद्योग, कलकारखाना तथा कार्यस्थलमा विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी सवारीसाधन, मेसिनरी उपकरण र औजारको पूजा गर्ने गरिन्छ।
यस अवसरमा कलकारखाना तथा उद्योगहरू सजाएर मजदुर र कर्मचारीको सहभागितामा पूजा गर्ने प्रचलन छ। पूजा गरिएका मूर्ति भोलिपल्ट नदी तथा जलाशयमा विसर्जन गर्ने परम्परा रहेको छ।



















प्रतिक्रिया