काठमाडौँ । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनबारे संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच छलफल सुरु भएको छ।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा भएको प्रारम्भिक छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक सहभागी छन्। रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार समिति गठनको विषयमा दलहरूबीच छलफल भइरहेको हो।
यसअघि बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा एक साताभित्र संसदीय विशेष समिति गठनका लागि सभामुखलाई सिफारिस गर्ने सहमति भएको थियो।


















प्रतिक्रिया