काठमाडौँ । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा देखिएको ग्यासको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा नागरिक समस्यामा परेको भन्दै सरकारसँग अभावको कारण र समाधानबारे तत्काल जानकारी दिन माग गरिन्। उनले बजारमा मूल्यवृद्धि भइरहे पनि जनताको आधारभूत आवश्यकताप्रति सरकार गम्भीर नभएको भन्दै प्रश्न उठाइन्।
सांसद बरालले सभामुखमार्फत सरकारलाई तत्काल निर्देशन दिन आग्रह गर्दै ग्यास तथा अन्य आवश्यक राहत सामग्री नागरिकसम्म सहज रूपमा पुर्याउन माग गरिन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत ग्यास अभावको समस्या तत्काल समाधान गर्न उनले ध्यानाकर्षण गराइन्।


















प्रतिक्रिया