असोज ३ मा संविधान दिवस भव्य बनाउन एमालेको निर्देशन


काठमाडौँ । नेकपा एमालेले असोज ३ गते मनाइने १२औँ संविधान दिवस भव्य र उत्साहजनक रूपमा मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ।

महासचिव शङ्कर पोखरेलले बिहीबार पत्र पठाउँदै आ–आफ्नो क्षेत्र र तहमा संविधानको रक्षाको सन्देशसहित विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन्।

एमालेले प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइ लगायतका कार्यक्रम गरी संविधान दिवस सफल बनाउन पार्टी कमिटीहरूलाई आग्रह गरेको छ।