काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूमाथि भइरहेको धम्की तथा भौतिक आक्रमणको प्रयासप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सहिष्णुतामाथि प्रहार भइरहेको बताए। सिंहदरबारको गेटअगाडि समेत सांसदलाई लक्षित गरी धम्की र अभद्र व्यवहार हुनु गम्भीर विषय भएको उनको भनाइ छ।
आचार्यले सांसदलाई धम्की दिने तथा अराजक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत यसबारे ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै उनले संसद्मा आफ्ना धारणा राख्ने सांसदको सुरक्षा राज्यको जिम्मेवारी भएको बताए।


















प्रतिक्रिया