महाधिवेशनमा पार्टी एकताका लागि हदैसम्म लचक हुन्छु : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनअघि पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताएका छन् ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले विगतका मतभेद र तिक्तता बिर्सेर महाधिवेशनलाई एकताको अवसरका रूपमा अघि बढाउनुपर्ने बताए । उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित सबै नेताहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।

थापाले कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वले सबैको भावना समेट्नुपर्ने बताए । पार्टीको विधान र प्रक्रियाअनुसार सबैलाई अधिकार सुनिश्चित गर्दै अघि बढ्ने वातावरण बनाउन आफू तयार रहेको उनको भनाइ थियो ।

महाधिवेशनको प्रक्रिया अब केही दिनमै औपचारिक रूपमा अघि बढ्ने उल्लेख गर्दै थापाले नेता तथा कार्यकर्तालाई आरोप–प्रत्यारोपभन्दा संगठन सुदृढीकरण र महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरे ।