काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी कानुनी जटिलता छिटो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ को उद्घाटन गर्दै उनले घरजग्गा क्षेत्रलाई व्यवस्थित बनाउन दिगो र नागरिकमैत्री कानुन आवश्यक रहेको बताए ।
उनले घरजग्गा व्यवसायले सिमेन्ट, छड, बैंक, बिमा तथा पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रलाई चलायमान बनाउने भएकाले यस क्षेत्रको विकासका लागि व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । देशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने बाध्यता कम गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष दीपक कुँवरले हदबन्दीको प्रावधानका कारण २०० भन्दा बढी घरजग्गा कम्पनीको सम्पत्ति तथा राजस्व रोकिएको दाबी गरे । उनका अनुसार जग्गा पास गर्न नपाउँदा व्यवसायीले लामो समयदेखि ऋणको ब्याज भार व्यहोर्नुपरेको छ ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित सुरु भएको प्रदर्शनीमा रियल स्टेट, बैंक, बिमा, वित्तीय संस्था, सौर्य ऊर्जा, फर्निचरलगायतका १०० भन्दा बढी कक्ष छन् । प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।


















प्रतिक्रिया