बागमतीमा ‘हेलो सीएम’ सेवा सञ्चालनमा


काठमाडौँ । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन ‘हेलो सीएम’ सेवा सञ्चालनमा ल्याएको छ । अब प्रदेश सरकारसँग सम्बन्धित विषयमा नागरिकले टोल फ्री नम्बर, ह्वाट्सएप, इमेल तथा अनलाइन प्रणालीमार्फत आफ्ना गुनासा र सुझाव पठाउन सक्नेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नागरिकले घरमै बसेर निःशुल्क रूपमा आफ्ना समस्या सरकारसमक्ष पुर्‍याउन सक्ने व्यवस्था गरिएको हो । प्राप्त गुनासा तथा सुझावको सुनुवाइ र व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले सेवा प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ ।

गुनासा दर्ताका लागि

टोल फ्री नम्बर १६६०५७५२८९८

, ह्वाट्सएप ९८५५०९१४५६

इमेल ocmcm@bagamati.gov.np प्रयोग गर्न सकिनेछ । अनलाइन प्रणालीमार्फत पनि सोझै गुनासा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।